Logo

खुल्लामञ्चमा सर्वसाधरणलाई खाना खुवाउँदै बाबुराम दम्पत्ति



काठमाडौं, १४ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी धर्मपत्नी हिसिला यमीले खुल्लामञ्चमा पुगेर सर्वसाधारढालाई खाना खुवाएका छन् । भट्टराई दम्पत्तिले आज विहान खाना खुवाएको तस्विर सामाजिक सञ्जालमा छाएको छ ।

लकडाउन कारण बेरोजगार मजदुर, दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई विभिन्न संघ÷संस्थाहरुले खाना खुवाउने व्यवस्था गर्दै आएका छन् । उनीहरुकै अभियानमा भट्टराईले आज खाना खुवाएका हुन् । भट्टराई दम्पत्तिले खाना वितरण गरिरहेको बेलामा सर्वसाधारणहरुसँग भलाकुसारीपनि गरेक थिए ।

तस्विर स्रोत : सामाजिक सञ्जाल/फेशबुक/Roshan Pokharel 



प्रतिक्रिया दिनुहोस्