Logo

आज १५ सय ५९ जना कोरोना संक्रमित थपिए



काठमाडौं, १४ असोज । नेपालमा कोरोना भाइरसका आज १५ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७७ हजार ८ सय १७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ५६ हजार ४ सय  २८ जना संक्रमणमुक्त भएका छन् । आज १ हजार ५७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्