Logo

एकैदिन काठमाडौं उपत्यकामा ९०२ जना कोरोना संक्रमित थपिए



काठमाडौं,  १४ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  १५ सय ५९  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९  सय २ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले   १२ हजार  २ सय  ५  जनाको पिसीआर परिक्षणमा  १५ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १हजार ५७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ५६ हजार ४  सय २८  रहेको छ । काठमाडौं  उपत्यकामा ९०२ थपिएका मध्ये काठमाडौंका  ६९७ जना र ललितपुरका  ११२ जना र भक्तपुरका  ९३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७७ हजार ८  सय  १७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्