Logo

यौन उत्पीडनको आरोपमा मुम्बई प्रहरीले अनुराग कश्यपलाई पठायो खबर



एजेन्सी, १४ असोज । बलिउडकी एक अभिनेत्रीले लगाएको यौन आरोपले निर्देशक अनुराग कश्यपलाई अफ्ठेरो पर्दै गएको छ । मुम्बई प्रहरीले अनुुरागलाई हाजिर हुन अनुरोध गरेको छ । अनुरागलाई प्रहरी कार्यालयले बिहीबार बिहानको ११ बजे बोलाएको छ । २०१३ मा आफ्नै आवासमा अभिनेत्रीलाई बोलाएर यौन उत्पीडन गरेको आरोप उनीमाथि लागेको छ । उनी विरुद्ध मुम्बईको वर्सोवा प्रहरी कार्यालयमा मुद्दा पनि दर्ता भएको छ ।

वास्तवमा अभिनेत्रीले २०१३ मा आफुमाथि उनकै घरमा यौन उत्पीडन गरेको आरोप सामाजिक सञ्जाल र अन्र्तवार्तामा बताएपछि वर्सोवा प्रहरी स्टेशनमा अनुरागविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । यदि आरोप सहि भएमा अनुरागले भारतीय कानुनको आधारमा दण्ड संहिताको विभिन्न धाराका नियम अनुसार भोग्नु पर्छ । अनुराग र उनका वकिलले उनीमाथि लगाएको आरोप निराधार भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्