Logo

लागुऔषध मुद्दामा बलिउड सुपरस्टारसँग सोधपुछ गर्दै एनसीबी



एजेन्सी, १४ असोज । सुशान्त सिंह राजपुतको केस लागुऔषध मुद्दामा तानिएसँगै बलिउड कलाकारहरु एनसीबीको निशानामा परिरहेका छन् । धर्म पोडक्शनसँग जोडिएका निर्माता क्षितिज रवि प्रसादलाई पक्राउ गरेपछि केही ठुला व्यक्तिहरुको नाम आउने सम्भावना रहेको छ । बितेका केहि दिनमा एनसीबीले दिपिका पादुकोण, सारा अलि खान, रकुल प्रितसँग सोधपुछ गरेको थियो ।

भारतीय समाचार अनुसार एनसीबीले चाँडै नै ‘ए’ ‘आर’ र ‘एस’ बाट आउने सुपरस्टारसँग सोधपुछ गर्न सक्छ । यी तीन नाम गरेका सुपरस्टार्सले दिपिका पादुकोणसँग पनि काम गरेका थिए । साथमा ‘ए’ नामका सुपरस्टारहरुले आफै पनि लागुऔषध लिने गर्छन् र अरुलाई पनि दिने गरेका छन् ।

‘ए’ नामको सुपरस्टारको नाम आउदा बित्तिकै बलिउडका खेलाडी अर्थात अक्षय कुमारको फ्यानहरुमा खल्लीबल्ली मच्चेको छ । धेरै जनाले अक्षय कुमार नै भएको अनुमान लगाउन थालेका छन् । सामाजिक सञ्जालमा अक्षय कुमारका फ्यानहरु बचाउने कोशिश गर्दैछन् । सामाजिक सञ्जालमा अक्षय कुमारलाई लिएर मानिसहरुले प्रतिक्रिया दिएका छन् । अक्षय र दिपिकाले अहिलेसम्म कुल ३ फिल्ममा सँगै काम गरेका छन् । चांदनी चौक टु चाइना, हाउसफुल र देसी बांयज उनीहरुका सफल फिल्महरु हुन् ।



प्रतिक्रिया दिनुहोस्