Logo

सारा अलि खान अमेरिकी एयरपोर्टमा प्रायः रोकिनुको कारण



एजेन्सी, १४ असोज । बलिउड बादशाह शाहरुख खानलाई प्राय अमेरिकी एयरपोर्टमा रोक्ने गर्छ । रोक्नुको एकमात्र कारण उनको सरनेम हो । तर अभिनेत्री सारा अलि खान पनि अमेरिकी एयरपोर्टमा केहि परिस्थितीमा रोकिनु परेको छ । सारा अलि खान एयरपोर्टमा रोकिनुको कारण शाहरुख खानको भन्दा फरक छ तर आश्चर्य लाग्दो छ ।

सारा अलि खानलाई रोक्ने कारण पासर्पोटमा राखेको फोटो हो । पासपोर्टमा लगाएको फोटोमा सारा मोटी देखिएकी छिन् । त्यो समयमा साराको तौल ९६ किलो थियो । तर हाल सामान्य छिन् । उनको त्यो फोटो देखेर कुनै पनि अधिकारीले उनकै हो भनेर विश्वास नै गर्न सक्दैनन् । साराले थप प्रमाण दिएर विश्वास दिलाउनु पर्छ । यसको साथै उनको सरनेमबाट पनि अधिकारीहरु अलमल पर्ने गर्छन् ।

साराले आफुसँग विद्यार्थी भिजा पनि भएको र त्यसमा सरनेम ‘सुल्तान’ लेखिएको बताएकी छिन् । सुल्तान सरनेमको कारणले पनि अधिकारीहरु धेरै नर्वस हुने गर्छन् र उनले घन्टौ पर्खिन पर्छ ।

साराले अमेरिकामा अध्ययन गरेकी हुन् र उनी साथीहरुलाई भेट्न अमेरिका आउने जाने गर्छिन् । अब उनको र वरुण धमलको नयाँ फिल्म तिहारमा ‘कुली नम्बर १’ रिलिज हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्