Logo

छोराको मुत्युपछि पिता बने प्रेमिकाको साथी



हरेक व्यक्ति आफ्नो जिन्दगीमा खुलेर जिउँन चाहन्छ । को कहिले मर्ने कसैलाई थाहा हुँदैन् । मानिसहरुले कहिले काँही कसैलाई धोका दिनपनि सक्छन् ।

नौजवान कार्टर आफ्नो जिन्दगीमा निकै खुशी थिए । तर उनको जिन्दगी यस्तो नराम्रोमा परिणत भयो कि राता रात सबै सपना चकनाचुर भए ।

वास्तवमा कार्टर आफ्नो प्रेमिकाको साथमा स्कुलको प्राम पार्टीमा जान चाहन्थे । अमेरिकामा हुने बिदाई पार्टीलाई प्राम पार्टीको नामले चिन्छन् ।

कार्टर र उनकी प्रेमिका काइली सुर्डस आफ्नो स्कुलको प्राम पार्टीमा शरीक हुनलाई लामो समय तयारी गरीरहेका थिए तर समयलाई अरु नै केहि मन्जुर थियो । प्राम पार्टी हुनु भन्दा पहिले एक कार दुर्घटनामा कार्टरको निधन भयो । कार्टरको निधन भएपछि काइलीको नराम्रोसँग दिल टुटेको थियो । प्रेमीको मृत्युपछि काइली बाहिर निस्कन सकेकी थिइनन् । कसैसँग पनि भेट्न चाहानन्थिन् ।

काइलीको यस्तो हालतमा देखेर कार्टरका पिताले एउटा उपाय रचे । वास्तवमा लामो समयदेखि काइली र कार्टरबीच प्राम पार्टीको लागि योजना बनाइरहेका थिए । तर कार्टरको निधन भएपछि उनीहरुको सबै योजना चकनाचुर भएको थियो ।

कार्टरका पिता काइलीको पाट्नर बनेर प्राम पार्टीमा प्रेमिकाको सपना पुरा गर्न चाहे । प्राम पार्टीमा काइली र कार्टरका पिता मिलेर निकै मस्ती गरे । दुवैले भरपुर मनोरन्जन गरे । स्थानिय मानिसहरु कार्टरका पिताको यस कामको निकै कदर गरेर खुशी भए । उनले काइलीको सपना पुरा गर्नुको साथै उनलाई तनावबाट पनि बाहिर निकालिदिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्