Logo

मन्दिरबाट मुर्ति चोरपछि यस्तो घटना भयो



घर होस् वा मन्दिरमा सावधानी नअपनाएमा चोरी जस्ता घटना हुने गर्छन् । एकपटक कुनै सामान हराएमा अर्को पटक आफ्नो सामान पाउन मुस्किल पर्छ । धेरै खोजतलास गरेपछि पनि आफ्नो मन परेको सामान भेट्न मुस्किल पर्छ । आज हामी यस्तो चोरको बारेमा बताउछौ, जसले चोरेर लगेको सामान माफी मागेर फिर्ता ल्याई दिएको छ ।

हमीरपुर–कानपुर नेशनल हाइवेमा रहेको लक्ष्मी नारायण मन्दिरको मुर्ति चोरीको घटना भएको छ । वास्तवमा मन्दिरबाट मुर्ति चोरेर उनले आफ्नो घरमा लगे । मुर्ति चोरेको केही दिनमा ती व्यक्तिको जवान छोराको मृत्यु भयो । चोरेको तेस्रो दिनमा श्रीमतीको पनि अचानक देहान्त भयो । परिवारमा एक पछि अर्को गर्दै भएको परिवारको सदस्यको मृत्युले चोर अत्तालिन थाल्यो । रातमा नराम्रो सपना पनि देख्न थाले । सपनामा कसैले उनलाई मुर्ति फिर्ता गर्न चेतावनी दिए । अत्तालिएर मुर्ति फिर्ता गर्न मन्दिर आए र मुर्ति चोरेर गल्ती गरेकोमा माफी पनि मागे ।

यस मन्दिर गौरीशंकर र मां दुर्गाको एक प्राचिन मन्दिर हो । मन्दिर परिसरमा एक कुँवा पनि छ । पहिले यहाँ आउने मानिसहरुले कुँवाको पानी लिएर लक्ष्मीनारायणलाई अभिषेक गर्दथे । मन्दिरबाट मुर्ति चोरी भएपछि राताराता मानिसहरुको आकर्षको केन्द्र बनेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्