Logo

सामान्य कचौरा अरबौ रुपैयाँमा विक्री



चीनको एउटा भाँडाको मुल्य आज सम्मकै सर्वाधिक रहेको छ । त्यो कचौराको चीनी र माटोबाट बनेको हो । यो लगभग एक हजार वर्ष पुरानो कचौरा हो । कचौरा ३ करोड ७७ लाख अमेरिकी डलर अर्थात् ४ अर्ब नेपाली रुपैयाँ बराबरको मूल्यमा विक्री भएको हो । यसरी कचौराले नयाँ रेकर्ड बनाएको छ ।

कचौरा ब्रश सफा गर्नलाई बनाएका थिए । यो कचौरा सिरेमिकबाट बनेको छ । यसलाई उत्तरका सोंग बंशका राजाहरुले आफ्नो शाही दरबारमा प्रयोग गर्थे । कचौराको निलामी सोदबीले गराएका थिए । सोदबीका अनुसार उनीसँग चार त्यस्तै नमुना थिए । यसको छोटो भाँडाको आकार १३ सेन्टी मिटरको छ र यसको रंग नीलो हुन्छ । यस कचौरालाई सुरुमा १०.२ डलर बोलेका थिए ।

यो कचौरा ३.७७ अरबमा बिक्रि भयो तर कसले खरिद गरेको होला भन्ने पनि मनमा प्रश्न आउन सक्छ । यो कचौरा खरिद गर्ने मानिस दुनियालाई चिनाउन चाहान्नन् । बिक्री गर्ने सोदबीले खरिद गर्ने व्यक्ति चीनका हुन वा होइनन् केही बताएका छैनन् ।

चीन फरक फरक डिजाइनका सिरेमिक बनाउनको लागि विश्वभरमा निकै प्रख्यात छ । यसैवर्ष हिरालाई महंगो रुपैयाँमा बिक्रि गरे नयाँ रेकर्ड राखेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्