Logo

विवाह गरेको १५ मिनेटमै सम्बन्ध बिच्छेद



पूर्वीय समाजमा विवाहको विशेष महत्व छ । यो मृत्यु पर्यन्त रहने सम्बन्धको रुपमा अभ्यास हुने गरेको छ । तर एक जोडीको १५ मिनेटमा नै विवाह टुटेको छ । वास्तवमा दुबईमा भएको एक विवाहको बारेमा हाल निकै चर्चा भएको छ, जहाँ विवाह भएको १५ मिनेटमा सम्बन्ध टुटेको छ ।

विवाह तय भएपछि दुलाहा र दुलहीको पिताको बीचमा पैसालाई लिएर एक सम्झौता भएको थियो । विवाह पछि दुलाहा पक्षलाई दुलही पक्षले एक लाख दिरहम दिने बाचा गरेका थिए । दुलाहाले केटीको बाबुसँग रकम किस्तामा मागेका थिए । विवाहको दिन ५० हजार र बाकी विवाह पछि दिने भनिएको थियो ।

समाचार एजेन्सीका अनुसार केटालाई कटीको बाबुले पहिलो किस्ता अदालतमा नै दिएका थिए । तर विवाह पछि सबै परिवारको साथमा केटीको बाबुले दुलाहासँग बाहिर निस्किएर ५० हजार दिरहम मागे । दुलाहाले आफुले पैसा कार भित्र राखेको बताउँदै केहि समयमा दिन्छु भने । केटीका बाबुले दुलाहाकोे कुरा नसुनी एकोहोरो अहिल्यै नै चाहियो भन्न थाले ।

केटीको बाबुको यस्तो कुरा सुनेर दुलाहा तुरुन्त अदालतमा पुगे । वकिलसँग कुुरा गरेर भर्खर विवाह भएको पत्नीसँग सम्बन्ध विच्छेद गरे । दुलाहार्ला सबैले सम्झाउन धेरै कोशिश गरेपनि दुलाहा मानेनन्, उनले आफ्नो बेइज्यत भैसकेको भन्दै फेरी विवाह गरेर दोस्रो पटक गल्ती नगर्ने अडि कसे ।

यो विवाहलाई मानिसहरुले धेरै दुष्टिकोणबाट हेरेका छन् कसैले त यो दुनियाकै सबैभन्दा छोटो भएको दाबी गरिरहेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्