Logo

मंगल ग्रहमा भूमिगत ताल पत्ता लाग्यो



एजेन्सी, १४ असोज । मंगल ग्रहमा भूमिगत ताल पत्ता लागेको छ । वैज्ञानिकहरुले उक्त ग्रहको दक्षिणी ध्रुवमा ताल पत्ता लगाएका हुन् ।

तीनवटा भूमिगत ताल मंगल ग्रहमा पत्ता लागेपछि अहिलेसम्म चारवटा ताल पुगेको छ । यसअघि सन् २०१८ मा भूमिगत ताल रहेको अनुमान गरिएको थियो ।

भूमिगत ताल पत्ता लागेपछि मंगल ग्रहमा जीवन रहेकोबारे वैज्ञानिकहरुले अध्ययन अगाडि बढाएका छन् । ब्रम्हण्डमा पृथ्वीबाहेक हालसम्म कहिंपनि जीवन पत्ता लागेको छैन ।

अरबौं वर्ष अघि मंगल ग्रहमा पानी बग्ने गरेको र तालहरु पनि रहेको तथ्य पत्ता लागिसकेको छ ।-Photo Source: AFP



प्रतिक्रिया दिनुहोस्