Logo

चोटका कारण सेरेनाको इतिहास रच्ने सपना फेरि अधुरै



एजेन्सी, १४ असोज । सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणको खेल नखेल्ने निर्णयमा पुगेकी छिन् । उनी चोटका कारण नखेल्ने निर्णयमा पुगेकी हुन् ।

३९ वर्षीया सेरेना २४ औं ग्रान्डस्लाम जितेर इतिहास रच्ने दौडमा थिइन् । यसवर्षको युएस ओपनको सेमिफाइनलमा पराजित भएकी उनी फ्रेन्च ओपन जितेर किर्तिमान बनाउने उद्देश्यमा थिइन् ।

सेरेना नखेल्ने भएबाट पिरोनकोभा नखेली तेस्रो चरणमा प्रवेश गरेकी छिन् । यसअघि पिरोनकोभा युएस ओपनको क्वाटरफाइनलमा सेरेनासँग क्वाटरफाइनलमा पराजित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्