Logo

प्रहरी नियमावलीमा तीन संशोधन



काठमाडौं, १४ असोज । सरकारले नेपाल प्रहरी नियमावलीलाई संशोधन गरेको छ । संशोधनमा तीन वटा विषय हेरफेर गरिएको छ ।
पहिलो हेरफेर प्रहरीमा भर्ना हुने चिकित्सकसम्बन्धि छ । तीन वर्ष सेवा गरेर कम्तीमा एक वर्ष दुर्गममा सेवा गरेपछि अध्ययन बिदा पाउने पुरानो प्रावधानलाई संशोधन गरी दुर्गममा काम नगरेपनि अध्ययन बिदा पाउने व्यवस्था गरिएको छ ।

सो व्यवस्थाको माग गरी प्रहरी अस्पतालमा कार्यरत चिकित्सकहरुले सामूहिक राजिनाको चेतावनी दिएका थिए । चिकित्सकलाई प्रहरी सेवामा टिकाउन यो संशोधन गरिएको छ ।

दोस्रो संशोधन भनेको मुद्दा परेको प्रहरीको विषयमा छ । यसअघि कुनै प्रहरीविरुद्ध फौजदारी मुद्दा परेमा सो मुद्दा अन्तिम किनारा नलागेसम्म जागिरमा फर्कन नपाउने प्रावधान थियो । त्यसमा संशोधन गरी सुरु अदालतबाट सफाई पाएमा जागिरमा फर्कने पाउने व्यवस्था गरिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरीले अदालतबाट सफाई पाएपनि निलम्बन फुकुवामा समस्या भएपछि नियमावली संशोधन भएको हो ।

तेस्रो संशोधन भनेको प्रहरी नियमावलीमा प्रहरीको साइबर ब्यूरो रहने विषय पहिलोपटक समाबेश गरिएको छ । नियमावलीलाई गृह मन्त्रालयले राजपत्रका प्रकाशनका लागि पठाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्