Logo

रौतहटको चन्द्रपुरमा सानिमा बैंकको नयाँ शाखा 



काठमाडौं, १४ असोज । सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रपुरमा शाखा कार्यालय उद्घाटन गरेको छ । बैंकले जनाएअनुसार उक्त शाखा ८३औं हो । सानिमा बैंकको चन्द्रपुर शाखा असोज १४ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं।४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे ।

जारी कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरे । सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्