Logo

प्रधानमन्त्री ओलीले मन्त्री बनाउन चाहेका यी पूर्व माओवादी



काठमाडौं, १४ असोज । आजै हुन्छ, भोलि नै हुन्छ भन्दा भन्दै मन्त्रिमण्डल पुर्नगठन अझै हुन सकेको छैन । मन्त्रीहरु कुनैपनि बेला बिदा हुनुपर्ने मानसिकता तयार गरेर बसिसकेका छन् । कर्मचारीले टेर्न छाडिसकेका छन् ।

यसपटक मन्त्रीमण्डलमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही पूर्व माओवादीलाई समावेश गर्ने बुझिएको छ । कुनैबेला प्रचण्डका नजिकका मानिएकाहरु समेत ओलीको गुडलिष्टमा पर्नुलाई अर्थपूर्ण मानिएको छ ।

ओलीले मन्त्री बनाउन चाहेकामा उपप्रधानमन्त्री भइसकेका टोपबहादुर रायमाझी र मन्त्री भइसकेका हरिबोल गजुरेल छन् । गजुरेल त कुनैबेला प्रचण्डका विश्वासपात्र थिए । उनी अचानक बिच्किएका छन् । तर, मन्त्री बन्न नचाहेको बताइरहेका छन् ।

ओलीले लेखराज भट्टलाई मन्त्रीमा कायमै राख्न चाहेका छन् । उनले प्रचण्डको साथ छाडिसकेका छन् ।

प्रधानमन्त्री ओली संकटमा पर्दा निकै साथ दिनेमा रायमाझी, गजुरेल र भट्ट पनि थिए । उनीहरुका कारण प्रचण्ड दबाबमा परेका थिए ।
गृहमन्त्री रामबहादुर थापा बादल पनि ओलीले रुचाएकामा परेका छन् । बादलले पनि प्रचण्ड गुट परित्यागको घोषणा मात्र गरेका छैनन् । उनी गृहमन्त्री यथावत रहने चर्चा छ ।

ओलीले आफ्नो समूहबाट ईश्वर पोखरेल प्रदीप ज्ञवालीलाई निकै रुचाएका छन् । उनीहरु सरकारमै रहने सम्भावना छ ।

प्रचण्डले आफूलाई अन्तिम समयमा साथ नदिनेहरुलई सरकारबाट हटाउन चाहेका छन् । उनको तारोमा बादल र लेखराज दुवै छन् । तर, दुवैलाई ओलीले च्यापेपछि मन्त्रिमण्डल पुर्नगठनमा अलमल भइरहेको छ । बहाना जति बामदेव गौतमको मुद्दालाई दिइएको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्