Logo

पोप फ्रान्सिसद्वारा अमेरिकी विदेशमन्त्री पोम्पियोलाई भेट्न अस्वीकार



क्याथोलिक इसाईका सबैभन्दा ठुलो धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोसँग भेट्न अस्वीकार गरेको छ । भेटिकन सिटीमा बस्ने पोपका तर्फबाट जारी विज्ञप्तीमा भनेको छ , चुनावको बेला पोप कुनै नेतासँग भेटघाट गर्दैन ।

यद्यपी केही सन्चार माध्यमले पोपसँग भेट्नु अघि पोम्पियोले चीनमा मानवअधिकार उलंघनलाई लिएर एक बयान दिएको उल्लेख गरेको छ । पोम्पियोले भेटिकनको प्रयोग सत्ताको फाइदाका लागि गरोस् भन्ने भेटिकनले चाहेको छैन ।

पोम्पियो ४ देशको यात्राका क्रममा भेटिकन सिटी पुगेका थिए । यहाँ पुग्नु अघि उनले चीनमा मानवअधिकारको उलंघन भइरहेको टिप्पणी गरेका थिए । चीनमा अरुसँगै इसाईहरुलाई पनि दुख दिइरहेको उनले बताएका थिए ।

भेटिकनका अधिकारी यस बयानलाई लिएर असन्तुष्ट रहेको बीबीसीले जनाएको छ । त्यसैले जब पोम्पियोले पोप फ्रान्सिससँग भेट्न चाहे, भेटिकनले त्यसलाई अस्विकार गरे ।

गत सेप्टेम्बरको सुरुवाटमा पोम्पियोले एक अखबारमा आर्टिकल लेखेका थिए । लेखमा उनले भेटिकन सिटीको नाम उल्लेख बिना ब्यंग गरेका थिए । पोम्पियोले लेखमा भनेका थिए, क्याथोलिक चर्च आफनो नौतिक विश्वसनियता र क्षमतालाई खतरामा पुर्याउँदै छ ।

वास्तवमा भेटिकनले चीनसँग बिसपको नियुक्तीलाई लिएर एक सम्झौता गरेको छ । यस सम्झौतालाई लिएर भेटिकन पनि चीनको दबावमा उसको सर्त मानिरहेको छ भन्ने अमेरिकालाई लागेको छ । पोम्पियोले भनेका थिए, विश्वमा धार्मिक स्वतन्त्रतालाई लिएर जति खतरा चीनमा छ, त्यति कहीं छैन ।

समाचार एजेन्सीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परम्परागत इसाई समुदायको समर्थन प्राप्त छ । यो बाहेक अन्य धार्मिक संगठन पनि उनकै साथमा उभेका छन् । ती मध्य धेरैजसाले पोप फ्रान्सिस आवश्यक भन्दा धेरै उदारवादी छ ।

मानवाधिकार संगठन पनि चीनमा इसाई समुदायका बारेमा भेटिकनले कुरा नउठाएको आरोप लगाउँदै आइरहेको छ । सन् २०१८ मा चीन र भेटिकनबीच बिसप्सलाई लिएर एक सम्झौता भएको थियो । उक्त सहमति अनुसार चीनमा चिनियाँ मुलका विसप मात्र नियुक्ती गर्न सकिनेछ । अर्को महिन यस सम्झौताको समिक्षा हुने बताइएको छ ।-News of Nepal/File Photo



प्रतिक्रिया दिनुहोस्