Logo

रानीपोखरीले पायो पुनर्जिवन, बालगोपालेश्वरको मन्दिरमा गजुर राख्ने काम सम्पन्न



मुकुन्द कालिकोटे : काठमाडौं १५ आश्विन । काठमाडौंको रानीपोखरीस्थित रहेको बालगोपालेश्वर महादेवको मन्दिरमा गजुर राख्ने काम सम्पन्न भएको छ ।
२०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पले जिर्ण बनाएको मन्दिरलाई पुननिर्माण सम्पन्न गरी आज १२३.७ किलो ग्रामको सुनको जलप लगाईएको ताम्रपत्रसहितको गजुर राख्ने काम सम्पन्न भएको हो ।
२०७२ माघ २ गते राष्टपति श्रीमती विद्यादेवी भण्डारीबाट शिलान्यास भएको रानीपोखरीको डिजाईन २०७५ फाल्गुणबाट सुरु गरिएको राष्टिय पुनःनिर्माण प्राधिकरणका सहसचिव ईन्जिनियर भरतप्रसाद अर्याल बताउँछन् ।  सहसचिव अर्याल भन्छन्, मल्लकालीन शिखर शैलीमा मन्दिर निर्माण गर्ने निर्णयअनुसार त्यही ढंगको मन्दिर र गजुर बनायौं र प्रतिस्थापन पनि गरियो । हामीलाई रानी पोखरीमा भरीएको पानी चुहिने हो कि भन्ने च्यालेन्ज थियो, तर हामी सफल भएका छौं, रानीपोखरीलाई पुनर्जिवन दिन सकेका छौं हाम्रो लागि यो ऐतिहासिक सफलता नै हो ।
हामीले विधिसम्मत तरिकाले गजुर राखेका छौं, अब मन्दिर र गजुरको उद्घाट हुन बाँकी छ, अहिले मलवास परेकाले हुँदैन, राष्टिय पुनःनिर्माण प्राधिकरणसँग छलफल गरी उद्घाटनको समय तोक्ने छौं सायद कार्तिकतिर हुन्छ होला । रानीपोखरी र मन्दिरको शिखर शैलीमा पुनःनिर्माण गर्न लगभग २७ करोड खर्च भएको सहसचिव अर्यालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्