Logo

पाँच जना ज्येष्ठ नागरिक सम्मानित



वीरगंज, १५ असोज । ज्येष्ठ नागरिक संघ पर्साले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
नगरप्रमुख विजय सरावगीले आज बिहान नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा ज्येष्ठ नागरिकहरु विष्णुकुमारी कँडेल, पद्यमाकुमारी शर्मा, तेतरी कनुइन, गोपाल साह कानू, इस्माइल मियाँ धोबीलाई सम्मानपत्र, दोसल्ला र नगद जनही रु ५ हजारसहित सम्मान गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख सरावगीले ज्येष्ठ नागरिकहरूको लागि जग्गा उपलब्ध गराउने बताए ।

कार्यक्रममा डा भरत गोइत, डा नीरज सिंहले ज्येष्ठ नागरिकलाई कोरोना महामारीको बेलामा सुरक्षित बस्न सुझाव दिएका थिए ।

ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष जगदीशप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा विनोद गुप्ताले कार्यपत्र प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्