काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमीले अनशनरत चिकित्सक डा. गोविन्द केसीलाई भेटेका छन् । हिजो साँझ भट्टराई दम्पत्तिले डा. केसीलाई भेटेका हुन् ।
डा. केसीलाई भेटेको तस्विकार सेयर गर्दै भट्टराईले लेखेका छन्,‘अरूको स्वास्थ्यकालागि आफ्नो जीवन जोखिममा राख्दै अनसनरत डा. गोेविन्द के सीको स्वास्थ्य गम्भीर बन्दैछ! १९औं सत्याग्रहको १७औं दिनसम्म राज्यले वहाँको जायज माग र जोखिमउन्मुख स्वास्थ्यस्थितिवारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा हो! @kpsharmaoli सरकार आँखा खोल! @SaveDrKC”




प्रतिक्रिया