Logo

राहुल र प्रियंका गान्धी हिरासतमा



एजेन्सी, १५ असोज । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी र नेत्री प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । उत्तर प्रदेशको हाथरस क्षेत्रमा दलित बालिकामाथि सामूहिक बलात्कार गरी निर्मम हत्या गरेको बालिकाको परिवारलाई भेट्ने जाने क्रममा राहुल र प्रिय्रंका गान्धीलाई नोएडा एक्सप्रेस वेमा प्रहरीले हिरासतमा लिएका हुन् ।

उनीहरु बलिकाको परिवारलाई भेट्ने जाने क्रममा बीचबाटोमा प्रहरीले गाडी रोकी बल प्रयोग गरी रोक्न खोज्दा उनीमाथि प्रहरीले हातपात गरेको जनाइएको छ । कांग्रेस आईका अन्य कार्यकर्ताहरु राहुलमाथि प्रहरीले लाठी चार्ज गरेको आरोप समेत लगाएका छन् ।

राहुल गान्धीले भने, ‘ म एक्लै जान चाहन्छु, धारा १४४ ले भनेको छ की भीड गर्न मनाही छ । मैलै सबै नियम पालना गरेको छु । म माथि कसरी धारा १८८ लाग्न सक्छ । म के एक्लै जान सक्दिन र?’

Source: ANI

 



प्रतिक्रिया दिनुहोस्