Logo

क्यान्सर संक्रमित भएका सञ्जय दत्त के गर्दैछन्



एजेन्सी, १५ असोज । बलिउड अभिनेता सन्जय दत्त दुबईबाट आफ्नो पत्नी मान्यता र बच्चाको साथमा मुम्बई फर्केका छन् । आफ्नो फोक्सोमा भएको क्यान्सरको उपचारकोबीचमा सन्जय दत्त केहि दिन पहिला परिवारसँग भेट्न दुबईमा गएका थिए । दुबईमा बच्चाहरुको छुट्टीमा मनोरन्जन गर्दै गरेको केही पारिवारिक तस्वीर सामाजिक सञ्जालमा आएका थिए । तर अब भने उनी मुम्बई आइसेकेका छन् ।

सन्जय दत्तको बाहिरिएको एक तस्वीरमा उनी आफ्नो घरको बाहिर कारबाट उत्रेको देखिएको छ । तस्वीरमा सन्जयको अनुहार साइडमात्र देखिन्छ । उनले मुखमा मास्क लगाएका थिए । अब उनको मुम्बईमा तेस्रो कीमोथेरेपी सेशन हुँदैछ । उनको कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा उपचार भएको थियो ।

पहिलो कीमोथेरेपी पुरा गरेपछि सन्जयको डाक्टर जलील पारकरले कीमोथेरेपी झेल्नु गाह्रो काम भएको र अझ जिन्दगीमा छातिको क्यान्सरसँग लड्नु झनै कठिन काम भएको बताएका थिए ।

सन्जयले अगस्ट ११ मा मेडिकल उपचारमा ब्रेक लिएको बताएका थिए तर भोलिपल्टै छातिमा क्यान्सर भएको खबरले उनका फ्यानहरुमा खल्लिबल्ली मच्चिएको थियो ।



प्रतिक्रिया दिनुहोस्