Logo

अर्जुन रामपाल शाहरुख खानको घरमा लागुऔषध लिएर जाने गरेको खुलासा



एजेन्सी, १५ असोज । सुशान्त सिंह राजपुत केस अनुसन्धान गर्दा आएको लागुऔषध मुद्दामा एनसीबीको निशानामा केही बलिउड कलाकारहरु तानिएका छन् । एनसीबीले गरेको सोधपुछमा लागुऔषध व्यवसायीले बलिउडका केही ठुला हिरोको नाम पनि लिएका छन् । बलिउड हस्तीहरु शाहरुख खान, रणबीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाको नाम बाहिर आएको छ ।

केही दिनमा यता ‘ए’, ‘डि’ र ‘एस’ बाट आउने कलाकारहरुको नाम आएको थियो । ए बाट अर्जुन रामपाल, डि बाट डिनो मोरिया र एस बाट शाहरुख खानको नाम भएको स्पष्ट भएको छ । आश्चर्यको कुरा त यो छ की अर्जुन रामपाल शाहरुख खानलाई लागुऔषध सप्लाई गर्थे ।

भारतीय समाचार अनुसार एनसीबीका एक अधिकारीले नाम नभन्ने शर्तमा यी बलिउडका ठुला हस्तीहरुको नाम खुलासा गरेका हुन् । एनसीबीका अधिकारीले लागुऔषध व्यवसायीका अनुसार अर्जुनले शाहरुख खानलाई लागुऔषध पुर्याउने गरेको खुलासा भएको हो । तर डिनो मोरियाले कसलाई सप्लाइृ गर्थे त्यसको बारेमा हालसम्म पत्ता लागेको छैन् । उनीसँग सोधपुछ गर्न अझै बाँकी छ ।

उनका अनुसार लागुऔषध व्यवसायीले आफूसँग जोडिएकाको नाम लिएपनि एनसीबीले आरोपितमाथि अपरेसन गर्न बाकी छ । अब तुरुन्त सम्बन्धित व्यक्तिसँग एनसीबीले सोधपुछ गर्नेछ । शाहरुख खान हाल दुबईमा छन् । आईपीएलमा रमाइरहेका छन् । अर्जुन रामापाल मुम्बईमा एक फिल्मको सुर्टिङ गरिरहेका छन् । रणबीर कपुर पछिल्लो दिनमा मुम्बईमा परिवारको साथमा जन्मदिन मनाएका थिए । डिनो मोरिया पनि हाल मुम्बईमा छन् ।



प्रतिक्रिया दिनुहोस्