Logo

सडकमा पैसा भेटेमा भाग्य चम्कने



सडकमा हिड्दा डुल्दा धेरै चीज देख्छौ । प्रकार प्रकारका मानिस, पसल, गाडी आदी । यसको साथै सडकमा अन्य चीज पनि देख्छौ, जसमध्ये पैसा सामान्य हो । तर कसैले भने पुरै जिन्दगीमा पनि सडकमा पैसा देखेका हुन्नन् । कहिले त सानो रकम भएपनि मानिसको भाग्य बदल्न सक्छ । त्यहि सानो रकमले ठुलो रकम पनि प्राप्त गर्न सकिन्छ ।

बाटोमा पैसा देखेर धेरै मानिस हिड्छन् तर एकजनाले मात्र उठाउँछन् । पैसा टिप्ने धेरै भाग्यमानी हुन् । बाटोमा नयाँ पैसा भेट्टाएसँगै तपाइँको जिन्दगीमा केही नयाँ बाटो देखाएको हुन्छ । चीनमा बाटोमा पैसा भेट्नुलाई जिन्दगीले नयाँ बाटो देखाएको मानिन्छ ।

बाटोमा कोही बाट पैसा खसेमा कुनै अदृश्य शक्तिले पेसा टिप्ने व्यक्तिलाई भित्रको डर निकालेर अगाडी बढ्न र कुनै नयाँ कामको इशारा दिएको मान्यता रहेको छ । तर कुनै देशमा भने पैसा भेट्टिनु नराम्रो संकेत भएको पनि विश्वास गर्छन् । कसैको जनर बाटोमा खसेको पैसामा जानु भनेको आफ्नो कुनै निजि चीज टाढा हुँदै जाने संकेत भएको पनि विश्वास गर्छन् । यदि बाटोमा हिड्दै गर्दा पैसामा नजर गएमा टिपेर कोही गरीबलाई दिनु धेरै पुण्य हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्