गान्धी विचार आतंकवाद, हिंसा र घृणा अन्त गर्ने विषयमा वैश्विक मानवकल्याणसँग जोडिएको छ- राजदूत क्वात्रा


काठमाडौं, १५ असोज । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गान्धीको विचार आतंकवाद, हिंसा र घृणा अन्त गर्ने विषयमा वैश्विक मानवकल्याणसँग जोडिएको बताएका छन् । आज नीति अनुसन्धान प्रतिष्ठान नेपालले गान्धी जयन्तीका अवसरमा आयोजना गरेको वेविनारमा बोल्दै उनले गान्धी विचारको सार्वभौमिक महत्व रहेको समेत बताए ।

‘गान्धी विचारको सार्वभौमिक महत्व छ,’ राजदूत क्वात्राले भने, ‘आतंकवाद, हिंसा र घृणा अन्त गर्ने विषयमा गान्धी विचार वैश्विक मानवकल्याणसँग जोडिएको छ ।’

शान्ति मानिसको मस्तिष्कमा हुनुपर्ने भन्दै अहिंसाको पालना सजिलो भने नभएको बताए । गान्धीले दुनियाँलाई विचार दिएको र त्यसलाई आत्मसाथ गर्न सके व्यक्ति, समाज र विश्वको कल्याण हुने समेत बताए ।

नेपालमा समेत गान्धी विचारको प्रभाव रहेको उल्लेख गरे । तुलसीमेहर श्रेष्ठले गान्धी विचारबाट प्रभावित भएर अहिंसात्मक आन्दोलन चलाएको बताए ।

शान्ति विना दीगो विकास असम्भव भएको समेत बताए ।-तस्वीरहरुः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल