Logo

तेक्वान्दोका लामालाई दोस्रो श्रेणीको निर्णायकको लाइसेन्स



काठमाडौँ, १६ असोज: तेक्वान्दोका नोर्बु लामाले पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गरेका छन् । उनी पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स पाउने पहिलो नेपाली निर्णायक बनेका छन् ।

विश्व तेक्वान्दोले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी भएबापत उनले उक्त लाइसेन्स प्राप्त गरेका हुन् । लामाले सन् २००८ मा थाइलैण्डको बैंकक, सन् २०१२ मा मलेसिया, सन् २०१२ र २०१५ मा चीन तथा सन् २०१९ मा अष्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय निर्णायक रिफ्रेसर कोर्समा सहभागिता जनाएका थिए ।

यस्तै सन् २०१९ मै अष्ट्रेलियामै भएको प्रेसिडेन्ट कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा समेत लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले लामालाई विश्व तेक्वान्दो संघबाट प्राप्त प्रमाणपत्र आज हस्तान्तरण गरे ।-रासस



प्रतिक्रिया दिनुहोस्