Logo

महिलाले दिइन् माछा जस्तो बच्चाको जन्म



त्यसैपनि जलपरी हेर्न मानिसहरु धेरै उत्सुक हुन्छन्, तर यदि घरमा नै जलपरी जस्तो बच्चा जन्मिएमा त झनै आश्चर्य हुन्छ ।भारतको महाराष्ट्रमा एक आश्चर्य तर वास्तविक खबर बाहिर आएको छ ।

अंबाजोगाई शहरमा स्वामी रामानन्द तीर्थ ग्रामीण सरकारी अस्पतालमा एक दुर्लभ बच्चाको जन्म भएको छ । यी बच्चाको दुवै खुट्टा आपसमा जोडिएका थिए र आधा शरीर माछा जस्तो देखिन्थ्यो ।

पंखा जस्तै फैलिएको हात

डाक्टरको अनुसार बच्चाको तौल १.८ ग्राम थियो । जसको शरीर हेर्दा माछाको जस्तै देखिन्थ्यो र हात पंखाको जस्तै फैलिएका थिए । बच्चाको शरीरको तल्लो भाग विकास भएको थिएन् । यो बच्चा जन्मेको १५ मिनेट पछि मृत्यु भएको थियो ।

के कारण जन्मन्छ बच्चा यस्तो

डाक्टरको अनुसार यस्तो बच्चालाई दुर्लभ बच्चा भनिन्छ । यस्ता बच्चामा सिरेनोमेलिया नामको एक दुर्लभ सिंड्रोम हुन्छ । जसलाई मर्मेड सिंड्रोम भनिन्छ । जसमा बच्चाको शरीर पुर्ण रुपमा विकसित हुँदैन जसको कारण बच्चाको जन्मने बित्तिकै मृत्यु हुन्छ ।

यो पहिलो घटना भने होइन् मार्च महिनामा उत्तर प्रदेशको एक जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्रमा दर्लभ बच्चा जन्मेको थियो त्यो बच्चाको चार हात र चार खुट्टा थियो । बच्चालाई डाक्टरले स्वस्थ्य भनेका थिए र हाल ती दुर्लभ बच्चाको उपचार भैरहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्