Logo

कृषि उद्यमी अधिकारी र रेग्मीको ‘हुन्न रहेछ परदेशमा’ गीत सार्वजनिक



काठमाडौं, १६ असोज ।  युवा कृषि उद्धमी श्रीकृष्ण अधिकारी र कमल रेग्मीले कृषि उद्यमी अधिकारी र रेग्मीको ‘हुन्न रहेछ परदेशमा’ गीत सार्वजनिक गरेका छन्। श्रीकृष्ण अधिकारीको शब्दमा कमल रेग्मीको स्वर रहेको छ भने कमल रसाइलीको संगीत रहेको छ। गीतको म्युजिक भिडिओमा श्रीकृष्ण अधिकारी र सारिका केसीले अभिनय गरेका छन्।

इजरालयमा ९ वर्षसम्म काम गर्दा भोगेको पीडालाई आफुले गीतमा उतारेको कृषि उद्धमी अधिकारीले बताए। विगत १ दशकदेखी अधिकारी आधुनिक कृषिका लागि आवश्यक पर्ने सामाग्रीहरुको व्यापारमा संलग्न छन्। गीतका गायक रेग्मीपनि दुवै र कतारगरी ६ वर्ष विदेशीएका थिए। रेग्मी कृषिसँगै पर्यटन व्यवसायमा संलग्न छन्।



प्रतिक्रिया दिनुहोस्