Logo

नेविसंघद्धारा मास्क बितरण, प्रवक्ता शर्माको प्रशंसा (फोटोफिचर)



काठमाडौं, १६ असोज । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नेपाल बिद्यार्थी संघका महामन्त्री मनोज बैद्यले मास्क बितरण अभियान सुरु गरेका छन् । बैद्यले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरबाट मास्क बितरण अभियान सुरु गरेका हुन् । दैनिक करिव २० हजारको संख्यामा मास्क बितरण गरिने र करिव चार लाख मास्क बितरण गरिने बताइएको छ ।

बानेश्वरको मास्क बितरण अभियानमा पुगेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमितको संख्या बढ्दै जादा आम सर्वसाधारण र श्रमिकलाई मास्क बितरण गर्नु सरकारात्मक बिषय भएको बताए । पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता शर्माले सरकारलाई मात्र हेरेर केही नहुने भन्दै कोरोना निययन्त्रणका लागि सवैले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने धारणा राखेका थिए ।

शर्माले नेविसंघले जनस्वास्थ्यप्रति सचेत भई मास्क बितरण गरेको कामको सरहाना पनि गरे । त्यस्तै नेविसंघ महामन्त्री बैद्यले राज्यले जनतासंग कर उठाएपनि जनताप्रति उत्तरदायि हुन नसकेको भन्दै आफुले मास्क बितरण कार्यको शुभारम्भ गरेको बताए । मास्क बितरण अभियान राजधानीका बिभिन्न स्थानमा सञ्चालन गरिने बैद्यको भनाई छ । यसअघि बैद्यले बिभिन्न स्थानमा समस्यामा परेका बर्गहरुलाई खाजा खुवाउने अभियान सञ्चालन गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्