Logo

महासंघद्वारा ‘क्याटरिङ्ग तथा पार्टी प्यालेस संचालन गर्न दिनुपर्ने माग’, जनायो यस्ता प्रतिबद्धता (भिडिओसहित)



काठमाडौं, १७ असोज । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघले क्याटरिङ्ग तथा पार्टिप्यालेस संचालनमा रोक लगाउनु खेदपूर्ण भएको भन्दै तत्काल सञ्चालन अनुमति दिन सरकारसमक्ष आग्रह गरेको छ। आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले आफूहरुको व्यवसाय सञ्चालन गर्न रोक लगाईएकोमा पूर्ण खेद जनाएको छ ।

महासंघले भनेको छ,‘नेपाल सरकारले क्याटरिङ्ग तथा पार्टिप्यालेस जस्तै समान प्रकृतिका व्यवसाय (होटल, रेष्टुरेन्ट ,सपिङ्ग मल र पुर्ण रुपमा हवाइ उडानका साथै यातयात) लगायत संचालनको अनुमति दिँदा पनि हाम्रा क्याटरिङ्ग तथा पार्टीप्यालेस संचालनमा रोक लगाउनु अत्यन्तै खेदपुर्ण रहेको छ ।’ कार्यक्रममा महासंघका अध्यक्ष लिलाबहादुर जिसीले व्यवसाय व्यवसायीको लागि मात्रै नभएर राज्यको लागि भएको उल्लेख गर्दै यथाश्यक चाँडो पार्टी प्यालेस तथा क्याटरिङ खुलाउनुपर्ने धारणा राखे । उनले भने,‘व्यवसाय व्यवसायीको लागि मात्रै होइन, यो त राज्यको लागि हो । कुन अर्थमा भने–हामीले तिरेको करबाट अर्थतन्त्र बलियो बन्छ । बेरोजगारीको अन्त्य हुन्छ । व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाबाट लोन लिएर काम गरेका छौं । यसले गर्दा बैंक तथा वित्तिय संस्थापनि सस्टेनको लागि टेवा पुग्छ ।’

उनले आफूहरुको व्यवसायजस्तै समान प्रकृतिका व्यवसाय सञ्चालन भैरहेको अवस्थामा पार्टी प्यालेस चाहीँ बन्द गरिनु दुःखद् पक्ष भएको टिप्पणी गरे । उनले भने,‘यसले ठूलो असर पुर्याउँछ । हामीले गृहमन्त्रीज्यूलाई गत साउन १३ गते नै हाम्रो व्यवसाय सञ्चालनको लागि ज्ञापनपत्र बुझाएका थियौं । उहाँले सुचारु गर्ने प्रतिबद्धतता जनाउनु भएको थियो । त्यस्तै, गत असोज ११ गते सिसिएमसी पनि निवेदन दर्ता गराएका थियौं । उहाँहरुले व्यवसाय सुचारु गर्छौ भन्नुभएको छ । यसको लागि सिसिएमसीले मन्त्रिपरिषदमा प्रस्ताव पठाईसकेको छ । मन्त्रिपरिषदबाट अब स्विृकत हुनुपर्छ ।’

व्यवसायीका बिषयमा सरकार र सरोकारवाला निकायले गम्भिरता नदेखाउदा सिंगो अर्थतन्त्र र वेरोजगारीको समस्या मुलुकले झेलिरहेको र व्यवसायी पलायन भइ वैंक तथा वित्तिय संस्थाहरु समेत डुब्ने स्थिती रहेको महासंघको भनाई छ । महासंघले आफूहरु आम जनताको स्वास्थ्यप्रति अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै अब व्यवसाय सञ्चालन गर्दा आवश्यक भौतिक दूरी कायम गर्ने, स्यानिटाईजर प्रयोग गर्ने, मास्क र ग्लभ्स प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, पार्टी प्यालेसहरुका हलको क्षमताको आधारमा हाललाई ३५ प्रतिशत नबढ्ने गरी कार्यक्रम स्थलका प्रवेश गराई व्यवसाय संचालन गर्न पनि आफूहरु तयार रहेको महासंघले स्पष्ट पारेको छ ।

महासंघले व्यवसाय सञ्चालनको लागि कार्यक्रम स्थलमा प्रवेश गर्ने पाहुनाहरुको नाम, ठेगाना र सम्पर्क नं. लिपिबद्ध गरी राख्न तयार रहेको, पार्टी प्यालेसभित्र रहेका शौचालयलगायतका स्थानहरुमा कार्यक्रम अवधिभर पटक–पटक सेनिटाईज गर्न तयार रहेको, पाहुनाहरुलाई खाजा तथा खाना खाने समयमा टेवुलहरुलाई भौतिक दुरीको आधारमा राखी एउटा टेबुलमा दुई जना मात्र राख्न तयार रहेको, कार्यक्रम समाप्त भईसकेपछि हललाई पूर्ण रुपमा सेनीटाईज गर्न तयार रहेको, पार्टिप्यालेसमा रहेका कर्मचारीहरुको आवश्यक्ता अनुसार व्यवसायीहरुले नै पि.सि.आर. टेस्ट तथा स्वास्थ्य जाँच गर्न तयार रहेको र कार्यक्रमस्थलमा अनावश्यक रुपमा भिडभाड र कोलाहल हुनबाट रोक्न तयार रहेको प्रतिबद्धता जनाएका छन् । 

त्यस्तै, कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तेबिन्द्र रत्न शाक्यले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष एवम् प्रवक्ता तथा बाग्मती प्रदेशका संयोजक कृष्णप्रसाद पाण्डेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

मितिः २०७७/०६/१७
प्रेस विज्ञप्ती
पत्रकार साथीहरु,

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण थला परेको प्रमुख मध्यको एउटा व्यवसाय क्याटरिङ्ग तथा पार्टिप्यालेस रहेको बिषय अवगतै छ । यस विषम परिस्थीमा हामी व्यवसायीहरुले नेपाल सरकार लाइ विभिन्न माध्यमबाट साथ र सहयोग भैरहेको कहिकतै लुक्न सक्दैन तथापी हामी व्यवसायीका बिषयमा सरकार र सरोकारवाला निकायले गम्भिरता नदेखाउदा सिंगो अर्थतन्त्र र वेरोजगारीको समस्या झेलिरहेको छ भने अर्को तर्फ व्यवसायी पलायन भइ वैंक तथा वित्तिय संस्थाहरु समेत डुब्ने स्थिती रहेको छ ।

नेपाल सरकारले क्याटरिङ्ग तथा पार्टिप्यालेस जस्तै समान प्रकृतिका व्यवसाय (होटल,रेष्टुरेन्ट, सपिङ्ग मल र पुर्ण रुपमा हवाइ उडान का साथै यातयात) लगायत संचालनको अनुमति दिदा पनि हाम्रा क्याटरिङ्ग तथा पार्टिप्यालेस संचालनमा रोक लगाउनु अत्यन्तै खेदपुर्ण रहेको छ । उक्त विषयहरुमा नेपाल राष्ट्रीय पार्टिप्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघले नेपाल सरकार समक्ष निम्न विषयहरुमा ध्यानाकर्षण गराउन चाहन्छौ ।

१. हामी आम जनताको स्वास्थ्य प्रति अत्यन्तै गम्भीर छौ त्यसैकारण हामीले व्यवसाय संचालन गर्दा भौतिक दुरी कायम गरी सेनिटानईजर, मास्क र पञ्जाको प्रयोग गरी संचालन गर्न तयार छौं ।

२. हाम्रा पार्टिप्यालेसहरुका हलको क्षमताको आधारमा हाललाई ३५ प्रतिशत नबढ्ने गरी कार्यक्रम स्थलका प्रवेश गराई व्यवसाय संचालन गर्न तयार छौ ।

३. कार्यक्रम स्थलमा प्रवेश गर्ने पाहुनाहरुको नाम, ठेगाना र सम्पर्क नं. लिपिबद्ध गरी राख्न तयार छौ ।

४.पार्टिप्यालेस भित्र रहेका शौचालय लगायतका स्थानहरुमा कार्यक्रम अवधि भर पटक पटक सेनिटाईज गर्न तयार छौ ।

५. पाहुनाहरुलाई खाजा तथा खाना खाने समयमा टेवुलहरुलाई भौतिक दुरीको आधारमा राखी एउटा टेबुलमा दुइ जना मात्र राख्न तयार छौ ।

६. कार्यक्रम समाप्त भईसकेपछि हललाई पूर्ण रुपमा सेनीटाईज गर्न तयार छौ ।

७. पार्टिप्यालेसमा रहेका कर्मचारीहरुको आवश्यक्ता अनुसार हामी व्यवसायीहरुले नै पि.सि.आर. टेस्ट तथा स्वास्थ्य जाँच गर्न तयार छौ ।

८. कार्यक्रम स्थलमा अनावश्यक रुपमा भिडभाड र कोलाहल हुनबाट रोक्न तयार छौ ।

अतःमाथी उल्लेखित बिषयहरुमा गम्भिर हुदै अर्थतन्त्र बलियो वनाउन, वेरोजगारी हटाउन , वैंक तथा वित्तिय संस्थाहरु डुब्नबाट बचाउन र व्यवसायी पलायन हुनबाट जोगाउन देशभरीका सम्पुर्ण क्याटरिङ्ग तथा पार्टिप्यालेस तत्कालै निर्वाद रुपमा संचालन गर्न जोरदार माग गर्दछौं ।

अध्यक्ष
लिलाबहादुर जि.सी



प्रतिक्रिया दिनुहोस्

Screenshot