असोज १७, काठमाण्डौ । नेपाली कांग्रेसले सरकारको गतिबिधि बिरुद्ध सडक संघर्षमा उत्रने तयारी गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस संगठन बिभागको बैठकमा सरकार भ्रष्टाचारमा डुवेको, सरकार लापरवाहीमा अघि बढेको भन्दै सडकमा सम्पूर्ण कार्यकर्ता र भातृसंगठनलाई उतार्ने बिषयमा छलफल भएको हो । बिभाग प्रमुख गोपालमान श्रेष्ठका अनुसाल छिटै संसदको अधिवेशन आह्वान गर्न सरकारलाई दवाव दिने निर्णय पनि भएको छ ।
जनताका कुराहरु संसदमार्फत नै कांग्रेस सांसदहरुले राख्ने समेत श्रेष्ठको भनाई छ । त्यस्तै संगठनलाई चूस्त दुरुस्त गर्दै लैजाने र सम्पूर्ण ध्यान महाधिवेशनमा दिइने श्रेष्ठको दावी छ ।
श्रेष्ठले पार्टीको विवादलाई छिटै समाधान गर्नुपर्ने भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति बिरुद्ध लिखित प्रस्ताव पार्टीमा दर्ता गर्नु दुर्भाग्य भएको उल्लेख गरे । संगठन बिभागको बैठक आइतबार पनि बोलाइएको छ ।




प्रतिक्रिया