Logo

कांग्रेसमा कति वटा गुट छन् भनेर भन्न सकिँदैन् : प्रदीप पौडेल (भिडिओसहित)



काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो पार्टीभित्र गुट रहेको तर कतिवटा गुट छन् भन्ने कुरा यकिनका साथ भन्न नसकिने स्पष्ट पारेका छन् । हिजो (शनिबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने,‘पार्टीभित्र गुटहरु छन् । तर, कति गुट छन् ? भन्ने कुरा ठ्याक्कै भन्न सकिँदैन् । म पनि कुनै गुटमा हुन सक्छु । किनभने राजनीतिक दलभित्र कसैले एक्लै केही गर्न सक्दैन् । त्यहाँ चाहीँ कार्यशैली, विषयवस्तु मिल्नेहरुसँग मिल्ने परिस्थिति हुन्छ । त्यसैले कुनै गुटमा म आवद्ध छैन भनेर भन्न मिल्दैन् ।’ पौडेलले आफू यतिवेला पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको गुटमा रहेको स्वीकारे । प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :

 



प्रतिक्रिया दिनुहोस्