Logo

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक



काठमाडौं, १८ असोज । कोरोना संक्रमण ह्वात्तै बढेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय पाँच दिनको लागि बन्द भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार बैठक असोज २२ गतेसम्म पार्टी कार्यालय बन्द रहनेछन् । उनकाअनुसार भोलि जुमबाट पदाधिकारी बैठक बस्नेछ । नेताहरुमा नै कोरोना संक्रमण देखिन थालेपछि केन्द्रीय समिति बैठक अन्यौल भएको छ । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्