Logo

चिनियाँ दूतावासअघि प्रदर्शनमा उत्रिएकाहरू पक्राउ (फोटोफिचर)



काठमाडौं, १८ असोज । नेपाली भूमि अतिक्रमण गर्न पाईँदैन भन्दै चिनियाँ दूतावास आसपास विरोध प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । स्वतन्त्र युवाहरु आज विहानै चिनियाँ दूतावासअघि नेपाली भूमि अतिक्रमण गर्न पाईँदैन्, ब्याक अफ ईण्डिया, चिनियाँ दलालहरु होशियार लेखेका प्लेकार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाएअनुसार प्रहरीले प्रदर्शनमा उत्रिएकाहरु १८ जनालाई पक्राउ गरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम/ReportersNepal.Com 

 

 



प्रतिक्रिया दिनुहोस्