Logo

काँग्रेसमा अहिलेसम्म ७ केन्द्रीय सदस्यमा कोरोना संक्रमण, भोलि तय भएको बैठक २५ गतेलाई सर्यो



काठमाडौं, १८ असोज । नेपाली काँग्रेसको भोलिका लागि तय भएको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि बैठक स्थगित भएका हो ।

अर्को बैठक २५ असोजका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । काँग्रेसभित्र केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको विषय उठाउने तयारी भएको थियो ।

काँग्रेसभित्र केन्द्रीय सदस्यहरु गगनकुमार थापा, अर्जुननरिसंह केसी, रमेश रिजाल, अजयकुमार चौरसिया, कल्पना चौधरी, जंगीलाल राय, शम्झुलाल श्रेष्ठ कोरोना संक्रमण भइसकेका छन् ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्