Logo

अक्षय कुमारले सुशान्तको विषयमा मुख खोले



एजेन्सी, १८ असोज । अक्षय कुमारले लामो समयपछि सुशान्त सिंह राजपुत र बलिउडमा लागुऔषधको मुद्दा बारे आफ्नो मौनता तोडेका छन् । उनले ट्विटर मार्फत भिडियो जारी गर्दै उनले यस विषयमा आफ्नो राय व्यक्त गरेका छन् । उनले फ्यानहरुसँग सबै फिल्म उद्योगलाई एकै तराजुमा न तौलन पनि अपिल गरेका छन् ।

उनको यस अपिललाई करण जोहरलगायत धेरै कलाकारहरुले सर्मथन गरेका छन् । अक्षय कुमारले भिडियो जारी गर्दै भनेका छन्, ‘आज धेरै भारी मनले कुरा गरिरहेको छु, पछिल्लो केहि हप्तामा धेरै देखियो । फिल्मको माध्यमबाट हाम्रो देशको महत्व र सस्कृतिलाई विश्वका कुना कुनामा पु¥र्याइरहेका छौ । देशका जनताको भावनालाई फिल्मको माध्यमबाट अभिव्यक्त गरीरहेका छौ ।’

अक्षय कुमारले अगाडी भने, ‘सुशान्तको मृत्युपछि यति धेरै समस्याहरु आएका छन्, जुन कुरा हामीलाई पनि दुखी बनाएको छ । लागुऔषधको बारेमा उनले भने, ‘ लागुऔषधको समस्या समाधान गर्न सकिन्छ ।’

अक्षय कुमारले फ्यानलाई एकै तराजुमा सबैलाई राखेर न तौलन पनि अपिल गरे । यसको साथ अक्षय कुमारले मिडियालाई कुनै पनि मुद्दामा आफ्नो आवाज उठाउँदा संवेदनशीलता राख्न आग्रह गरे । अन्तमा उनले बलिउड उद्योगमा परिर्वतनका प्रयासहरु बारेपनि कुरा गरे ।

उनको यो भिडियोलाई बलिउडका करण जोहर, सिद्वार्थ मलोहत्रा, अंगद बेदी र वरुण धवनले पनि सर्मथन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्