Logo

राजलवटद्वारा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म निःशुल्क गुर्जोको विरुवा र ‘प्याकिङ’ वितरण (फोटोफिचर)



काठमाडौं, १८ असोज । कमलबहादुर राजलवटले रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारिरीक बल प्रदान गर्ने र शरिरका विकारहरू बाहिर ल्याएर स्वस्थ शरिर बनाउन बहुउपयोगी र बहुगुणकारी गुर्जो वितरण महाअभियान देशभरि सञ्चालन गर्दै आएका छन् । लकडाउनको एक महिनापछि नै राजलवटले पूर्व मेचीदेखि पश्चिम महाकालीका विभिन्न ठाउँमा गुर्जो वितरण गरिसकेका छन् ।

उनी पछिल्लो समय संघीय राजधानी काठमाडौंमा केन्द्रीत भई अभियान सञ्चालनमा व्यस्त छन् । हालैमात्र उनले काठमाडौं उपत्यकाका सूर्यविनायक नगरपालिका, मध्यपुर ठिमी, चाँगुनारायण, सानेपा, कुलेश्वर, रातोपुल, पशुपति क्षेत्र, सुन्दरीजलदेखि जुवागलसम्म, जोरपाटी नयाँवस्ती, गोकर्णेश्वर, बल्खु, किर्तीपुर त्रिवि परिसर, टेकु, किर्तीपुर, काठमाडौं उपत्यकाभित्र सम्पूर्ण पतञ्जली योग केन्द्र, लोकन्थली, टिकाथली, सुनाकोठी, महालक्ष्मी नगरपालिका, भक्तपुरको क्यान्सर अस्पताल, पातञ्जल योग केन्द्रहरु, जीवन विज्ञान चावहिल लगायतमा निःशुल्क गुर्जो वितरण गरिएको हो ।

महामारीलाई ख्यालख्याल नसोचौं, सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरौं : थापा

उनले गुर्जोको बहुउपयोगिताबारे आफूहरुले देशव्यापी रुपमा अभियानसमेत चलाईएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । राजलवट महोत्तरी जलेश्वरका स्थायीवासी हुन् भने उनी हाल आन्तरिक राजस्व कार्यालय लहान, सिरहाको प्रमुख कर अधिकृत हुन् । आफूलेसमेत पछिल्लो ११ वर्षदेखि गुर्जोको नियमित सेवन गरिरहेको जनाए ।

राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र

मध्यपुरथिमिमा निःशुल्क गुर्जोको बिरुवा र धूलो वितरण

वाग्मती किनारमा गुर्जो रोप्ने अभियान, राजलवटले सुनाए गुर्जोको फाईदा

राजलवटद्वारा भक्तपुरमा गुर्जोको विरूवा निःशुल्क वितरण (भिडिओसहित)

तपाईंले गुर्जोको सेवन पहिलो पटक किन गर्नुभएको थियो भन्ने रिपोर्टर्स नेपाल डटकमको प्रश्नमा राजलवटले भने,‘यसले रुघाखोकी, ज्वरो निको पार्छ भनेको सुनेर नै मैले सेवन गरेको थिएँ । पहिलो पटक नै यसले मलाई सकारात्मक नतिजा दिएकोले मैले पछिल्लो ११ वर्षदेखि यो सेवन गर्दै आएको छु ।’

अहिलेसम्म आफूले चलाएका अभियान कार्यक्रममा सबैबाट सकारात्मक प्रतिक्रिया र सहयोग पाईरहेको पनि उनले विश्वास दिलाए । उनले आफूले यो अभियान आफ्नो सक्रिय जीवनभर नै सञ्चालन गर्ने पनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्