Logo

न्यूजील्यान्डको अकल्यान्डमा जनजीवन सहज



१९ असोज: न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले न्यूजील्यान्डको अकल्यान्डमा कोरोनाभाइरस संक्रमण दरमा उल्लेखनीय रुपमा सुधार आएको भन्दै निषेधाज्ञाहरु खुकुलो बनाइएको घोषणा गरेकी छिन् ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डेनले न्यूजील्यान्डले कोरोनाभाइरसलाई फेरि पनि परास्त गरेको बताईन । उनले कोरोना संक्रमण बढेलगत्तै अकल्यान्डमा लगाइएका निषेधाज्ञाहरु यसै साताबाट खुकुलो बनाइने जानकारी दिईन ।

प्रधानमन्त्री आर्डेनले विगत १२ दिनदेखि अकल्यान्ड शहरमा नयाँ रोगी नदेखिएको पनि बताईन ।

सेप्टेम्बरको अन्त्यमा आर्डेनले न्यूजील्यान्डमा कोरोना संक्रमण देखिएको भन्दै प्रतिबन्धहरु घोषणा गरेकी थिईन ।

न्यूजील्यान्डका स्वास्थ्य मन्त्रीले विगत २४ घण्टाको अवधिमा एक व्यक्तिमा मात्र कोरोनाभाइरस संक्रमण देखिएको बताईन । देशभित्र हाल ४० जना संक्रिय संक्रमित छन् ।–एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्