Logo

खोला मिचेर प्लटिङ



ललितपुर, १९ असार । यो दृश्य महालक्ष्मी नगरपालिका-८ मा पर्ने विष्णुडोल-लुभु जोड्ने खोलाको हो । यहाँ मापदण्ड अनुसारको खोलालाई ठाउँ नछाडी प्लटिङ गर्न खोजिएको छ । भूमाफिया सल्बलाउँदा यस क्षेत्रमा धमाधम खोला र सार्वजनिक जग्गा मिचिने क्रम बढ्दा दीर्घकालीन समस्या आउने देखिदैछ ।

तिलपु (लुभु) खोलामा साँघुरो बनाएर वाल लगाउन खोजेपछि स्थानीय असन्तुष्ट भएका छन् । खोलालाई कुलो जस्तो बनाएर कोरिडोरलाई समेत बाटो पर्याप्त नछाडी प्लटिङ गर्न खोजिएको छ । यसले भविष्यमा तिल खोलाले ठुलो क्षति पु¥याउने खतरा बढेको छ ।

तस्वीरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्