Logo

मुक्तिनाथ विकास बैंकद्वारा धनगढीको बसपार्कमा पानी ट्याङकी हस्तान्तरण



काठमाडौं, १९ असोज । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि दिपक थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी हुने गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरे । धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागिशुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्