Logo

के कमजोर भएकै हुन त सन्जय दत्त ?



एजेन्सी, १९ असोज । बलिउड अभिनेता सन्जय दत्त हाल क्यान्सरसँग लडिरहेका छन् । उनको मुम्बईको अस्पतालमा उपचार चलिरहेको छ । वास्तवमा सन्जय दत्त अहिले आफ्नो परिवारको साथमा दुबईबाट फर्केका छन् । दुबईबाट फर्केपछि भारतकै अस्पतालमा घुमेका छन् । जसको एक फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो तस्वीर सन्जय दत्तको भर्खरैको तस्वीर हो । उक्त तस्वीरमा सन्जय अस्पतालमा देखिएका छन् । सन्जय तस्वीरमा धेरै दुब्लो देखिएका छन् ।

सन्जय दत्तले एक फ्यानसँग फोटो खिचाएका थिए । तस्वीरमा दाह्री काटेका सन्जय निकै कमजोर देखिएका छन् । उनको कमजोर फोटो देखेर उनका फ्यानहरुले चिन्ता व्यक्त गर्दै चाँडै ठिक हुनेको कामना गरिरहेका छन् । हाल सन्जयले काममा ब्रेक लिएर आफ्नो उपचार गरिरहेका छन् ।

सन्जय दत्त यसै हप्तामात्र दुबईबाट फर्किएका हुन् । उनी मुम्बईमा उपचारको एक फेज पुरा गरेर आफ्नो परिवारको साथमा दुबई गएका थिए । दुबईबाट पनि परिवारको साथमा रमाइलो गरेको सन्जयको तस्वीर सामाजिक सञ्जालमा आएको थियो ।



प्रतिक्रिया दिनुहोस्