Logo

विवाह गर्न नपाएर यी व्यक्तिले यस्तो गरे



मानिसहरुको सोचेको पुरा नहुँदा निराशा हुने गर्छन् यो स्वभाविक हो । मानिसहरुको इच्छा मध्ये विवाह पनि हो । हामीले लिएका लाखौं चाहाना र इच्छा मध्ये कुनै यस्ता हुन्छन् जसलाई चाहेर पनि पुरा गर्न सकेका हुँदैनौं ।

कसैले त त्यहि कुरा सम्झँदै पनि हिंडेका हुन्छन् र आफैलाई हानी पुर्याएका हुन्छन् । एक व्यक्तिले पनि त्यस्तै गरेका छन् । वास्तवमा भारतको उत्तर प्रदेशको हरदोई निवासी अजय द्विवेदी पछिल्लो समय देखि धेरै दुखी थिए । ४२ वर्ष उमेर हुँदा पनि उनको विवाह भएको थिएन् । आफ्नो विवाहलाई लिएर अजय दिनप्रतिदिन मानसिक रुपमा रोगी बन्दै गए । अजयलाई आफुलाइै कसैले जादु टुना गरेको शंका गर्थे । चिन्ता लिदै जाँदा उनको हालत बिग्रदै गएको थियो ।

विवाहकै कारणले दुखी भएर अजयले एकदिन मोबाइलको ब्याट्री, घडी, क्यामेराको लेन्स, गाडीको चाबी चपाएर निले । उनले चपाएको मानिसहरुले त्यो दिन मात्र थाहा पाए, जब एकदिन उनको पेट भयंकर रुपमा दुख्न थाल्यो ।

उनको स्थिती गम्भीर हुँदै गएपछि उनलाई तुरुन्त अस्पताल पुर्याए । एक्सरे गरेपछि डाक्टरले पेट भित्र धेरै कुरा भएको थाहा पाए र अपरेसन गरेर एक एक गरेर सबै सामान बाहिर निकाले । डाक्टरले परीक्षण र उपचार गरेपछि मात्र उनी मानसिक बिरामी भएको पत्ता लगाए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्