Logo

कलेजो बिगार्ने ‘हेपाटाइटिस-सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार



एजेन्सी, १९ असोज । यस वर्ष चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीनजना वैज्ञानिकलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार कमिटीले बेलायतका माइकल हगटन र अमेरिकी अध्ययनकर्ताहरु हारभे अल्टर र चालर्स राइसलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

उनीहरुका कारण लाखौं मानिसको जीवन जोगिएको उल्लेख छ । तीनजना वैज्ञानिकले संयुक्त रुपमा स्वर्ण पदक र ११ लाख डलर प्राप्त गर्नेछन् ।

हेपाटाइटिस सी भाइरसका कारण कलेजोको क्यान्सर हुने र प्रत्यारोपण नै गर्नुपर्ने हुनसक्छ । भाइरस पत्ता लगाएपछि यसको रोकथामको उपाय पनि छ । यसले नयाँ आशा जगाएको छ । अझैपनि हेपाटाइटिस सीका कारण वार्षिक ७ करोड संक्रमित हुनेगरेको र ४ लाखको मृत्यु हुनेगरेको छ ।- तस्वीर एजेन्सी



प्रतिक्रिया दिनुहोस्