Logo

गान्धी दर्शनको प्रयोग



विपिन देव: अक्टुवर महिनामा भारतमा त्रीमूर्तिको जन्म भयो । अक्टुवर २ मा महात्मा गान्धी र लाल बहादुर शास्त्रीको र अक्टुवर १० मा जयप्रकाश नारायणको । नेपाली राजनीति चिन्तनधार यी तीनै जना व्यक्तित्वहरूबाट प्रभावित देखिन्छ । बदलिदो परिवेश र परिस्थितिमा गान्धी दर्शनको विर्मश संसारका वृद्धिजीविहरूको लागि वौद्धिक व्यायाम भइसकेको छ । अमेरिका र यूरोपका ख्याति प्राप्त सोध संस्थानहरूमा गान्धी दर्शनमा व्यापक वहस र छलफल भइरहन्छ । गान्धी दर्शनको प्रचार र प्रसारको मूलभूत कारण मानव कल्याणको लागि नै अभिप्रेरित देखिन्छ ।

जीवनको कुनै पनि एउटा पक्ष छैन जसलाई गान्धीले सम्वोधन गर्ने चेष्टा गरेको छैन । उद्योग, विज्ञान, नरनारी सम्वन्ध, ग्रामीण जीवन, वातावरण, अधात्म, भौतिकवाद, अन्र्तराष्ट्रिय सम्वन्ध सदाचार, स्वच्छता जस्ता जीवनको प्रत्येक मौलिक पक्षमा गान्धीले आफ्नो अभिमत र प्रयोग सार्वजनिक गरेको छ । गान्धीको महत्वपूर्ण पक्षहरू मध्ये एउटा महत्वपूर्ण पक्ष के थियो भने उनको शब्दकोषमा शत्रुता र मित्रताको रेखा एकदम कमजोर थियो । भारत विभाजन पछि एक सम्झौता अनुसार भारतले ५५ करोड रुपैया पाकिस्तानलाई तिर्नु पर्ने दायित्व थियो । पाकिस्तान र भारतको सरकारहरूको विच कटुता चूलिएको वेला भारत सरकारले त्यो धनराशीलाई तिर्न इच्छा देखाइरहेको थिएन । यो कुरा गान्धीलाई सहन भएन । भारत सरकारलाई दबाब दिन उनले अनसन वसेर पाकिस्तानलाई धनराशी उपलब्ध गराए ।

त्यस्तै सन् १९१८ मा अमृत सरमा अंग्रेजले वर्वरता देखाई जेनरल डायरको नेतृत्वमा एउटा सार्वजनीक सम्मेलनमा १० मिनेटसम्म गोली चलाएर ३८९ जना निर्दोष व्यक्तिको ज्यान लियो । केहि दिने पहिलेको एक भिड्न्तमा १० जना अंग्रेज अधिकारीको पनि ज्यान गएको थियो । यो घटना पश्चायत भारतीय राष्ट्रिय काङ्ग्रेसले आफ्नो अधिवेशनको आयोजना अमृतसरमा नै भयो । आन्दोलनमा अंग्रेज प्रति आक्रोस प्रकट गर्दै काङ्ग्रेसले प्रस्ताव पारित गर्यो भने १० जना अंग्रेज मारेकोमा पनि आत्म आलेचना गरियो । एक जना पंजावी मुलका नेताले दावा गर्दै यो प्रस्तावको रचियता अनि वेसन्ट (अंग्रेज मूलकी काङ्ग्रेस नेतृ) हो भने संका गर्दै खेद प्रकट गरे । तर गान्धीले प्रस्ताव माथि जवाफ दिदै प्रष्ट भने कि आत्म आलोचनाको संस्कार पूर्वीय दर्शनको फल हो । यसको रस्वादनले मानवीय भावना पुस्पित र पुलकित हुन जान्छ ।

विपक्षी र विभूतिसंगै संवाद र सहकार्य गान्धी दर्शनको मूल मन्त्र नै हो । रवीन्द्रनाथ टेगोरले आफ्नो आलेख र अभिव्यक्तिवाट गान्धीको चर्खा आन्दोलनलाई उपहास गर्थे । तर गान्धीले रवीन्द्रनाथको अभिव्यक्तिलाई “पौइटिक लाइसेन्स” –कविको स्वतन्त्रता) भनेर ग्रहन गर्थे । अम्वेडकर गान्धीका कटु आलोचक थिए । अम्वेडकरलाई गान्धीको व्यक्तित्वमा दमित वर्गको पिडा र क्रन्दनको विम्व देखिदैन थियो । तर गान्धीले डा. आम्वेडकरको व्यक्तित्व र कृतीत्वको उच्च आदर गर्थे । गान्धीको निर्देशमा नै डा. अम्वेडकर नेहरु मन्त्रीमण्डलमा सामेल गरिएको थियो र गान्धीको प्रस्तावमा नै संविधान मस्यौदा समितिको अध्यक्षताको जिम्मा अम्वेडकरले पाएका थिए । गान्धीको अर्को विषेशता तथ्याङ्कको आधारमा राजनीतिलाई दिशा निर्देश गर्नु थियो । सन् १९३० साल्ट मार्च गर्दा खेरी गान्धी २४० माइल पैदल यात्रा गरेका वेला वाटोमा परेका हरेक गाउ‘को जनसंख्या, शिक्षा, समाजिक विभेदको अवस्था, वस्तुपालदेखि अह आर्थिक पक्षको वारेमा सर्वेक्षण नै गरेका थिए । अर्थात् सूचना र तथ्याङ्क विना रणनीति निर्धारण गर्न नेतृत्व सक्षम हु‘दैन ।

गान्धीले आफ्नो राजनीतिको अधिकांश समय कार्यकर्ताहरूलाई रचनात्मक कामको लागि अभिभारा दिन्थे । अहिले राजनीति कार्यक्रताहरू दिग्भ्रमित हुनको कारण नै अभिभारा विहिनता हो । गान्धीको प्रमुख अस्त्र नै अस्त्र नै सादगी हो । सादगीको आधारस्तम्भमा नै व्यक्तित्वको नैतिक शक्ति प्रजब्लित हुन्छ । अब गान्धी दर्शनको प्रयोगको दृष्टान्त हेरौं ।
गान्धी दर्शनका विभिन्न प्रयोगकर्ताहरू मध्ये भारतका पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्री एक प्रतिनिधि उदाहरण हुन । शास्त्री प्रधानमन्त्री निवासमा हलो र गोरु राखेर कृषि र अन्त उत्पादनको महत्वको वारेमा प्रतिकात्मक संदेश उनले दिएका थिए । यस किसिमका प्रयोग नेपालमा पनि वी.पी.कोइरालाले गरेको देखिन्छ । प्रधानमन्त्री भए पछि आफ्नो कक्षमा किसानको फोटो राखेर कोइरालाले पनि संदेश दिएकै हुन् । तमिल न्याडुमा रेल दुर्घटना हुद‘ा रेल मन्त्री भएको नेताले नैतिकताको आधारमा राजीनामा दिने संस्कारको शुत्रपात्र गर्ने शास्त्री नै हो । यस किसिमले नैतिकताको आधारमा राजिनामा दिने चलन नेपाल र भारतमा पटक पटक भएको देखिन्छ ।

सन् १९६५ मा अमेरिकाले गहु निर्यात गर्न बन्द गर्ने चेतावनी दिए पछि शास्त्रीले आप्mनो श्रीमतिलाई एक दिन बच्चाहरूलाई भोजन न दिन साथै पूरै परिवार वत् राख्न अनुरोध गरे । त्यस पछि परिवारमा प्रयोग गरेर सम्पूर्ण देशलाई एक दिन उपवास बस्न आग्रह गर्दै हरित क्रान्तीको लागि “जय जवान र जय किशान” को नारा दिए । पाकिस्तान र भारतको युद्ध पछि सम्झौताको सिलसिलामा सोभियत संघको तास्कन्द पुगेका थिए । सोभियत राष्ट्रपति शास्त्रीलाई खादी कोटमा देखेर भावविहोर भएर तुरुन्तै रुसको चिसोलाई मध्य नजर राखेर प्रधानमन्त्रीलाई एउटा न्यानो ज्याकेट उपहार दिए । तर अर्को दिनको वार्तामा फेरि शास्त्री खादीको कोटमा नै भाग लिए । सोभियत राष्ट्रपतिले आप्mनो उपहार प्रधानमन्त्रीले मन नपराएको जिज्ञासा राख्दा शास्त्रीले जवाफ दिए कि एक जना मित्रलाई उ भन्दा बढि चिसो महसुस भएकोले गर्दा केही दिनको प्रयोगको लागि मात्र दिए । सोभीयत राष्ट्रपति उदगार प्रकट गर्दै भने कि सादगी मामिलामा गान्धीवाद कम्यूनिष्टहरू भन्दा पनि बढि धनी हुनछन् । शास्त्रीको जीवन गान्धी दर्शनको उच्च प्रयोग देखिन्छ । एक चोटी उनको पुत्र सरकारी प्रधानमन्त्रीको गाडीमा वस्दा चालकलाई प्रष्टिकरण गर्दै छोराले १४ किलोमिटर चढेको थाहा पाए । १४ किलोमिटरको व्यय राजकोषमा दाखिल गरे ।

शास्त्री जस्तै इतिहासको मोडमा गान्धीलाई प्रयोग गर्ने जयप्रकास नारायण हुन । आजको नेपालमा जयप्रकाश नारायणलाई सम्झनु पर्ने धेरै कारण छन् । एक त जयप्रकाश आजीवन नेपालको राजनीतिसंग घनिष्ट रुपमा संलग्न रहनु भयो । दोस्रो वीसौ शताब्दीका नेपालका केन्द्रिय व्यक्तित्व वी.पी.संग जयप्रकाशको विशिष्ठ समवन्ध थियो । वी.वी.कोइराला प्रति सधै स्नेह राख्नुको विभिन्न कारणहरू मध्ये जयप्रकाश नारायण भारतीय स्वतन्त्रता संग्रामताका नेपाल भूमीलाई प्रयोग गर्दै गिरफ्तार पनि भएका थिए । जे.पी. र डा. लोहियालाई जेलवाट मुक्त गराउ‘न नेपालीले सहादत दिएको गुणलाई जे.पी. र डा. लोहिया सर्वदा महशुस गरे । सादय सन् २००४ मा हनुमाननगर घटना नभएको भए र जे.पी. र डा. लोहिया नेपाली काङ्ग्रेससंग नजुटेको भए र राणाहरू डा. लोहिया र जयप्रकाशलाई वन्दी नबनाएको भए २००७ साल त्यति छिटै आउ‘दैन थियो होला ।

जे.पी.जीवनमा दुईवटा महत्वपूण क्रान्ती गरे । पहिलो क्रान्तिमा भारतलाई स्वतन्त्र र दोस्रो क्रान्तीमा इन्दिरा गान्धीको आपतकालीन शासनलाई अहिंसात्मक आन्दोलनबाट अन्त्य । जे.पी. आफ्नो सत्तरीको आन्दोलनलाई सम्पूर्ण क्रान्तीको संज्ञा दिएका थिए । जे.पी. र वी.पी.मा दार्शनिक सामिप्यता प्रचूर मात्रामा पाइन्छ । जे.पी. र वी.पी.मा जिवनको शुरुवातमा माक्र्सवादवाट उठान भएको छ भने पुछारमा गान्धीवादवाट अवतरण भएको छ । जे.पी.को सर्वोदय देखि समाजवादसम्मको यात्रा र वी.पी.को सुन्दरीजल जेलदेखि राष्ट्रिय मेलमिलापसँगको यात्रालाई गान्धीवादको प्रयोगको रुपमा लिन सकिन्छ । जे.पी.र वी.पी.ले उद्यौगीकरणलाई पश्चिमी उन्माद र पागलपनको परिचय हो भने अभिमत राखेका थिए । वी.पी.को आर्दश गाउ‘को परिकल्पना गान्धीवादको नै प्रयोग हो । नेपाली राजनीति जीवनमा आफ्नो वैभव त्याग गरेर राणालाई उखाल्न सुर्वण शमसेर, गणेशमान जीको प्रधानमन्त्री पद प्रति लोलुपता नहुनु, किशुनजीको जीवनशैली जस्ता उदाहरणहरू नेपाली काङुग्रेसमा छन् भने सादगी र निष्ठाका लागि पुष्प लाल र मनमोहन आधिकारीलाई नजर अन्दाज गर्न सकिदैन । यी व्यक्तित्वहरू राजनीति धार फरक भएता पनि गान्धी जिवनशैलीवाट कुनै न कुनै रुपमा प्रभावित थिए ।

 



प्रतिक्रिया दिनुहोस्