Logo

‘अनसनरत डा केसीको जीवन रक्षा गर’



काठमाडौं, असोज २० । डा गोविन्द केसीसँग सरकारले वार्ता नगरेको भन्दै आवसीय चिकित्सकले आन्दोलनको घोषणा गरेका छन् । १९ औ अनशनको २२ औ दिनसम्म वार्ताको लागि कुनै पहलसमेत नहनुले सरकारको गैरजिम्मेवारीपन र असम्वेदनशीलतालाई उदांगो पारेको चिकित्सकको भनाई छ।

त्रिवि शिक्षण अस्पतालका नेसनल रेसिडेन्ट डाक्टर्स एसोसिएसन अध्यक्ष डा सुभाष देवकोटा, चिविराप्रका न्याम्सका रेसिडेन्ट एसोसिएसन अफका अध्यक्ष डा प्रकाश भट्टराई र सोसाइटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयरका अध्यक्ष डा राजेन्द्र घिमिरेले विज्ञप्तिमार्फत विरोध जनाएका अन्नपूर्ण पोस्टले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्