Logo

रुसद्वारा विकास गरिएको भ्याक्सिन अक्टोबरको अन्तसम्म बजारमा आउने



एजेन्सी, २० असोज । रुसद्वारा विकास गरिएको भ्याक्सिन स्पुतनिक भी अक्टोबरको अन्तसम्म बजारमा आउने भएको छ । कोरोना भाइरसविरुद्धको यो भ्याक्सिन अक्टोबरको अन्तसम्म बजारमा आउने रुसी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

सोमबार रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले अक्टोबरको अन्त या नोभेम्बरको शुरुसम्मा भ्याक्सिन बजारमा ल्याइने जानकारी दिएका हुन् । दुई थप कम्पनिहरु भ्याक्सिनको उत्पादनमा लागेको भन्दै मुरास्कोले स्पुतनिक भीलाई अक्टोबरभित्रै बजारमा पुग्ने गरी काम थालिएको जनाएको रुसी समाचार संस्था तासले उल्लेख गरेको छ ।

११ अगष्टमा रुसमा पहिलोपटक कोरोनाविरुद्धको भ्याक्सिन दर्ता भएको थियो । गमालियाले उक्त भ्याक्सिन दर्ता गरेको थियो ।

भ्याक्सिन तेस्रो चरणको परीक्षण पूरा गर्ने क्रममा छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी समेत यो भ्याक्सिन परीक्षणमा सहभागी भएकी थिइन् ।

अहिलेसम्म स्पुतनिक भी भ्याक्सिनको २० देशबाट एक अर्ब डजको माग भइसकेको रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख कार्यकारी निर्देशक किरिल डिमिट्रिभले जानकारी दिएका छन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्