Logo

दाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्तावको विपक्षमा मतदान गर्न काँग्रेसको ह्वीप



बुटवल, २० असोज । नेपाली काँग्रेसले दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । काँग्रेस प्रदेश ५ को प्रदेशसभा संसदीय दलको बैठकले यस्तो ह्वीप जारी गरेको हो ।

काँग्रेस संसदीय दलले दाङको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले जानकारी दिए । काँग्रेसको ह्वीपका बाबजुद दाङको पक्षमा दुई तिहाई पुग्ने सम्भावना बलियो छ ।

प्रदेश ५ मा काँग्रेसका १६ जना सांसद रहेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग ६१ जना रहेका छन् । नेकपाले दाङको पक्षमा मतदान गर्न हिजो नै ह्वीप जारी गरिसकेको छ । दुई तिहाई मत पुग्न कुल ८७ मध्ये ५८ जना सांसद पक्षमा हुनुपर्छ । नेकपामा ह्वीप उल्लंघन नभए दुई तिहाई पुग्ने निश्चित छ ।

काँग्रेसभित्र पनि केही सांसदहरुले ह्वीप उल्लंघन गर्ने बताएका छन् । उनीहरु दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाका छन् ।



प्रतिक्रिया दिनुहोस्