Logo

यसरी आजै प्रदेश ५ को राजधानी दाङ घोषणा हुँदैछ



बुटवल, २० असोज । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावमा मतदानको तयारी भइरहेको छ । अहिले केही बेरमा सभामुखले मतदानको घोषणा गर्दैछन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी प्रदेश सभा संसदील दलले हिजो नै प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने सरकारको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ । नेकपासँग प्रदेशसभामा ६१ जना रहेका छन् । कुल प्रदेशसभाका ८७ मध्ये ५८ सांसदले पक्षमा मतदान गर्ने प्रस्ताव पारित हुनेछ । नेकपा पक्षमा रहेकाले दाङको भालुवाङ नै प्रदेश ५ को राजधानी हुने निश्चितप्रायः छ ।

नेपाली काँग्रेसका केही सांसद पनि प्रस्तावको पक्षमा उभिएका छन् । काँग्रेस सांसद डिल्ली चौधरीले प्रस्तावको पक्षमा मतदान गर्ने घोषणा गरेका छन् । उनले पार्टी ह्वीप उल्लंघन गर्ने बताएका छन् । काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले ह्वीप उल्लंघन नहुने विश्वास व्यक्त गरिन् ।

अहिले प्रदेशसभाको बैठक बसिरहेको छ । बैठकमा छ जना प्रदेशसभा सांसद अनुपस्थित छन् । जसमध्ये डिल्ली चौधरी, सुरेन्द्र बहादुर हमाललगायत छन् ।

दाङको पक्ष र विपक्षमा नेकपा र नेपाली काँग्रेस दुवैतर्फ मतभेद छ । तर, नेकपाले ह्वीप उल्लंघन नगर्न कडा निर्देशन जारी गरिसकेको छ । यसकारण पनि दाङको पक्षमा प्रस्ताव पारित हुने सम्भावना छ । प्रस्तावको पक्षमा दुई तिहाई पुगेलगत्तै सभामुखले राजधानी दाङ भएको घोषणा गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्