Logo

भैंसी चराउनेलाई यति धेरै तलब



मान्छे बाँच्न र आफ्नो जिन्दगी चलाउन कुनै न कुनै काम गर्नु पर्छ । कसैले व्यवसाय गर्छन् भने कसैले जागिर गर्ने गर्छन् । दुनियाँमा दैनिक गुजारा चलाउन कुनै न कुनै कामसँग जोडिएका हुन्छन् । मानिसहरुले थरी थरीका काम गरेको देखेका र सुनेका छौ । तर भैसी चराउनेलाई धेरै तलब दिएको भने कमै सुनेका छौ ।

वास्तवमा नोएडा र ग्रेटर नोएडा एक्सप्रेस स्थित झट्टा गाउँमा किसानले खास कामको लागि मानिसहरुलाई जागिरमा राखेका छन् । काम गरेको बदलामा राम्रो तलव दिएका छन् । यी मध्ये भैसी चराउने युवकको नाम झकस कुमार हो । र उनी बिहारका हुन् । झकसले भैंसी चराउने कामबाट २५ हजार रुपैयाँ लिने गर्छन् । झकससँग हाल ५० वटा भैसी छन् । झकस मात्र त्यो पेसामा लागेका होइनन्, उनी जस्तै अन्य व्यक्तिहरु पनि त्यो पेशामा आबद्ध छन् ।

हाल भैसी चराउने युवक घाँस काट्नलाई आएका थिए । त्यहाँका मानिसहरुलाई आफ्नो भैंसी चराउने र घास काट्ने फुर्सद नै छैन् । त्यसैले किसानहरुले मजदुरहरुले भैसी चराएमा ५सय देखि ७ सय रुपैयाँ दिने भनेपछि मजदुरहरु धेरै खुशी भएर यो काम गरेका हुन् ।

एक किसानको अनुसार भैंसीले दैनिक ८ देखि १० लिटर दुध दिन्छ, जसलाई बेचेर महिनामा १५ हजार रुपैयाँ प्राप्त गर्छन् । यदि ५ सय रुपैयाँमा एउटा भैंसी चराउन पाउँदा मजदुरहरु निकै खुशी छन् ।

मजदुरहरुले भैंसीलाई खेतमा चराउन लगेर यमुना नदीमा नुहाईदिने गर्छन् । यसबाट किसानहरुको पनि खेतको रक्षा हुनुको साथै मजदुरले पनि राम्रो कमाई गर्न सक्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्