Logo

रावणको माता पिता को थिए



वाल्मिकि कृत रामायणको अलवा रावणको सम्बन्धमा केही अन्य ग्रन्थमा उल्लेख गरिएको छ । रावणको बारेमा पद्यपुराण, श्रीमद् भागवत पुराण, कर्म पुराण, महाभारत, आनन्द रामायण, दशावतारचरित आदी हिन्दु ग्रन्थको साथै जैन ग्रन्थमा पनि उल्लेख गरिएको छ ।

रावणको माता पिताः

ब्रहाजीको छोरा पुलस्त्इ ऋषि थिए । उनको छोरा विश्रवा हुन् । विश्रवाको पहिलो पत्नी भारद्धाजको छोरी देवांगना थिइन् जसको छोरा कुबेर थिए । विश्रवाको दोस्रो पत्नी दैत्यराज सुमालीको छोरी कैकसी थिइन् । जसको सन्तान रावण, कुम्भकर्ण, विभिषण र सुर्पणखा थिए । खर, दुषण, कुम्भिनी, अहिरावण र कुबेर रावणको साख्खै भाइृ बहिनी होइनन् ।

रावणको जन्मः

वाल्मिकिद्वारा लिखित महाकाव्य, पद्यपुराण तथा श्रीमद्वागवत पुराणको अनुसार हिरण्याक्ष एवं हिरण्यकशिपु दोस्रो जन्ममा रावण र कुम्भकर्णको रुपमा जन्मिएका थिए । कैकसीले अशुभ समयमा गर्भधारण गरेको कारणले उनको गर्भबाट रावण ताथ कुम्भकर्ण जस्ता क्रुर स्वभाव भएको भयंकर राक्षस जन्मिएका हुन् । रामचरितमानसको अनुसार रावणको जन्म श्रापको कारणले भएको थियो ।

आफूले गरेको सेवाको सट्टामा कैकसीले आफ्नो पतिसँग वरदान मागिन् । उनले यस्तो छोरोको वरदान मागिन जो देवता भन्दा पनि शक्तिशाली हुन् र देवतालाई पनि जित्न सकुन् । केही समयपछि उनले अद्वुत बालकलाई जन्म दिइन्, जसको १० टाउको र २० हात थिए ।

कैकसीले सोधिन यति धेरै बालकको यति धेरै हात र टाउको के हो ? कैकसीले सोधेको प्रश्नमा ऋषिले भने तिमीले अद्वुत बालक मागेकोले यसैले यो बालक अद्वुत हो र यी बच्चा जस्तो अरु कोही हुन सक्दैन । त्यस दिनमा नै बालकको नामाकरण भयो र उनको नाम रावण राखियो ।

रावणको वचपनः रावणको बचपन हरेक तरिकाको शिक्षा र बिद्या सिक्नमा बित्यो । बाल्यकालमा पनि रावण चारै वेदको ज्ञात हासिल गरेका थिए । यसको साथै उनले आयुर्वेद, ज्योतिष र तन्त्र विद्यामा पनि महारत हासिल गरेका थिए ।

युवा हुँदै जाँदा कठोर तपस्या गर्नको लागि जंगलमा गएका थिए । ब्रह्माको कडा तपस्या गरेका रावणलाई ब्रह्मा खुशी भएर वरदान माग्न भने । रावणले ब्रह्मासँग अजर–अमर हुने वरदान मागे । तर ब्रह्मा जीले यहि वचन दिन नसके पनि तिमीलाई केही प्रकारका शक्ति प्रदान गर्छु भने । तिमी ज्ञानी छौ यसैले सम्झने प्रयास गर । रावणले ब्रह्माको कुरा स्विकार गरे र केही प्रकारका शक्ति लिएर फर्र्किए । पछि उनले भगवान शिवको घोर तपस्या गरे । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्