Logo

मन्दिरको मूर्ति चोरीका ३ अभियुक्त पक्राउ



जुम्ला,२० असोज । मन्दिरको मूर्ति चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका स्थित चन्दननाथ मन्दिरको मूर्ति चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिकाका सुशिल विष्ट, तातोपानी गाउँपालिका घर भएका जयलाल थापा र चन्दननाथका सुदिप रावल रहेका छन् ।

विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले २०७३ मंसिर ११ गते चोरी भएका उक्त मूर्तिहरु चन्दननाथ बोहोरागाउँस्थित सुशिल विष्टको जग्गाको खादामा बेरी राखेको अवस्थामा चाँदी जस्तो देखिने धातुका २ थान मूर्ति फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि जिल्ला अदालत जुम्लाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्